चौधरी पुन: श्रम मन्त्री नियुक्त, चारैजना मन्त्रीले लिए सपथ

गौरीशंकर चौधरी पुन: श्रम मन्त्री नियुक्त भएका छन् । उनीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र शहरी विकास मन्त्री प्रभु साह पुन: नियुक्त भएका हुन् ।

नेकपा माओवादी केन्द्रले उनीहरुले दल त्याग गरेको सुचित गरेपछि चारैजना साँसदबाट पदमुक्त भएका थिए । साँसदबाट पदमुक्त भएपछि कानुनी रुपमा स्वत: उनीहरु मन्त्रीबाट पनि पदमुक्त भएका थिए ।

तत्कालिन नेकपा माओवादी केन्द्रका तर्फबाट विभिन्न स्थानबाट साँसद निर्वाचित भएका उनीहरु पछिल्लो नेकपा विवादको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका थिए । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई व्यूँत्याईदिएपछि राम बहादुर थापा सहितका उनीहरु नेकपा एमालेमा नै रहने निर्णय गरेका थिए । उनीहरुको सो निर्णय पश्चात माओवादी केन्द्रले उनीहरुले दल त्याग गरेको सुचना सँसदमा गराएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: