श्रम मन्त्री चौधरी सहित चार साँसद पदमुक्त, मन्त्रीमा कायम रहन यस्तो छ व्यवस्था

नेकपा माओवादी केन्द्रले दल परित्याग गरेको सूचित गरेका श्रम मन्त्री गौरीशंकर चौधरी सहित चारजना साँसद पदमुक्त भएका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचन जितेका तर पछिल्लो समयमा नेकपा एमालेमा प्रवेश गरेका श्रम मन्त्री चौधरीसँगै ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद गएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धि ऐनअनुसार उनीहरूलाई सांसदबाट हटाउन नेकपा माओवादी केन्द्रले सूचना दिएको जानकारी संसद सचिवायमा गराएका थिए । यो जानकारी गराएसँगै उनीहरुको साँसद पद स्वत: गएको हो ।

वर्तमान सरकारका मन्त्री समेत रहेका चारैजनालाई मन्त्री पदमा कायमै रहन अव पुन: मन्त्री नियुक्त गरेर सपथ गराउनु पर्ने कानुनी व्यवस्था छ । यसरी नियुक्त गरिएमा थप ६ महिना उनीहरु मन्त्री हुन सक्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय