वैदेशिक रोजगारमा गएका श्रमिकको संरक्षणमा सरकार विफल: एम्नेष्टि

मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था एम्नेष्टि ईन्टरनेशनले कोभिड–१९ का कारण बन्दाबन्दी लागू भएपछि विदेशमा अलपत्र परेका लाखौं नेपाली श्रमिकको अधिकार संरक्षण गर्न सरकार विफल भएको बताएको छ । एम्नेष्टिले सन् २०२०/२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैदेशिक रोजगार कल्याणकारी कोषको माध्यमबाट वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको संरक्षण र सुलभ रुपमा स्वदेश फिर्ती प्रकृया सुनिश्चित गर्न सरकार असफल भएको जनाएको छ ।

एम्नेष्टिद्धारा जारी विज्ञप्तीमा स्वदेश फर्केका धेरै आप्रवासी श्रमिकहरुको पर्याप्त जीवनस्तर सनिश्चित गर्न र कोभिड १९ क्वारेटिन सुविधास्थलहरुमा उनीहरुको स्वास्थ्य र सुरक्षाको संरक्षण गर्न पनि सरकार विफल भएको जनाइएको छ । जेठमा कैलाली जिल्लाको क्वारेण्टीनमा बसेकी विदेशबाट फर्केैकी एक महिला बलात्कृत भएको पनि एम्नेष्टिले उल्लेख गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय