श्रम मन्त्री चौधरी सहित चारजनालाई साँसदबाटै हटाउने माओवादीको निर्णय

श्रम मन्त्री गौरीशंकर चौधरी सहित चारजना साँसदलाई साँसदबाट हटाएको पत्र नेकपा (माओवादी केन्द्र) ले संघीय संसद सचिवालयमा पठाएको छ । मन्त्री चौधरीसँगै लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहले पनि दल परित्याग गरेको जनाउ सहित उनीहरुको साँसद पद मुक्त गर्न पत्राचार गरिएको हो ।

माओावादी केन्द्रले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको जनाएको छ ।

माओवादी केन्द्रले साँसदबाट हटाउने गरी पत्राचार गरेका मध्ये भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् भनें रायमाझी उर्जामन्त्री र साह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय