कतार प्रहरीका लागि हालसम्म माग आएको छैन, भ्रममा नपर्नु: विभाग

वैदेशिक रोजगार विभागले हालसम्म कतार प्रहरीको लागि कतार स्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणिकरण भएर नआएको भन्दै सम्भावित ठगिबाट बच्न सूचित गरेको छ । विभागले एक विज्ञप्ती जारी गर्दै कतार प्रहरीका लागि विभागबाट हाल कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको पनि स्पष्ट पारेको छ ।

कतार प्रहरीमा पठाइदिने भन्दै पासपोर्ट लगायतका कागजात संकलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्ने लगायतका अवैध काम भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको विभागले जनाएको छ ।

कुन देशबाट कुन कामका लागि कति माग आएको छ भन्ने विषयमा विभागको वेभसाइटबाट हेर्न र यकिन गर्न सकिने भन्दै आधिकारिता जाँचेर मात्र वैदेशिक रोजगारको प्रकृयामा संलग्न हुन पनि विभागले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस् दूतावासद्दारा नेपाली श्रमिकलाई यी २० वटा कुरामा सजग रहन अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय