सीमापारीबाट आउनेलाई अनिवार्य आईसोलेसनमा राख्न निर्देशन

भारतमा कोभिड १९ का संक्रमितको संख्यामा भएको वृद्दि र त्यसले नेपालमा निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा १० दिन आइसोलेसनमा राख्‍न निर्देशन दिएको छ ।

मन्त्रालयले मुलुकका ७ वटै प्रदेश सरकारहरुलाई कोभिड पोजेटिभ भएकाहरु समेत सार्वजनिक गाडीमा यात्रा गरिरहेको जानकारी प्राप्त भएको भन्दै अनिवार्य आइसोलेसनमा राख्‍न निर्देशन दिएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा त्यसरी आइसोलेसनमा राख्दा प्रति व्यक्ति २ हजारका दरले मन्त्रालयले शोधभर्ना दिने उल्लेख छ । छिमेकी मुलुक भारतमा लगातार कोभिड १९ का संक्रमितहरुको संख्या वृद्दि भइरहेपछि नेपालमा जोखिम निक्कै बढेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: