विदेशबाट उद्दारका लागि सरकारी खर्च पाउने १ सय ५६ जना, १ सय ८७ ले पाए बाटो खर्च

कोभिड–१९ का कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका मध्ये १ सय ५६ जनाको उद्दार वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट भएको छ । यसका लागि २ करोड ४७ लाख खर्च भएको बैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कोभिड–१९ का कारण समस्यामा परेकाहरुलाई स्वदेश फर्किन हवाई टिकट उपलव्ध गराउन तथा गन्तव्य मुलुकमा खाद्यान्न समस्या परेकाहरुलाई खाद्यान्नको व्यवस्था गर्न ति मुलुक स्थित दूतावासहरुलाई जिम्मेवारी दिइएको थियो । सरकारले दूतावासले फस्र्यौट गर्नेगरी खर्च माग गरे बमोजिम वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कोषको रकम पठाउने व्यवस्था गरेको थियो ।

बोर्डका प्रवक्ता समेत रहेका उपसचिव दीनबन्धु सुवेदीका अनुसार सो समयमा सवैभन्दा धेरै व्यक्तिका लागि सहयोग मलेशिया स्थित नेपाली दूतावासले लिएको छ । कोभिड–१९ का कारण समस्यामा परेका ८६ जना नेपालीको उद्दारका लागि सो दूतावासले कल्याणकारी कोषको रकम प्रयोग गरेको छ । युएई स्थित नेपाली दूतावासले ५२ जना नेपालीलाई सहयोगका लागि रकम लिएको छ भनें बहराइन स्थित नेपाली दूतावासले १८ जना नेपालीलाई सहयोग गरेको हो ।

यसैगरी आफैं टिकट काटेर वा अन्य माध्यमबाट सहयोग लिई नेपाल आएर होल्डिङ सेण्टरमा बसेका मध्ये १ सय ८७ जनालाई पनि सहयोग उपलव्ध गराइएको बोर्डले जनाएको छ । यसका लागि १ लाख ९७ हजार १ सय रकम खर्च गरिएको छ ।

यो पनि पढ्नुहोस् कतारका पछिल्ला परिवर्तनहरु

कोभिड–१९ को समस्याका समयमा नेपाल फर्किने पर्खाईमा रहेका हजारौं व्यक्तिको उद्दारका लागि आनाकानी गरेपछि सरकारको चर्को आलोचना भएको थियो । आलोचना बढ्दै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशबाट नेपाली श्रमिकको उद्दारका लागि कार्यविधि तयार पारेपनि सो कार्यविधि निक्कै जटिल बनाइएका कारण अपेक्षित व्यक्तिको उद्दारमा कल्याणकारी कोषको रकम प्रयोग हुन सकेको थिएन ।

कोभिड–१९ सुरु भएपश्चात हवाई उडानहरु नियमित हुन नसक्दा ठूलो संख्यामा नेपाली नागरिक विदेशमा अलपत्र परेका थिए । सिमित रुपमा सञ्चालन गरिएका उडानहरु मार्फत सो समयमा झण्डै १ लाख ४० हजार नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) को तथ्याङ्क छ । त्यसरी फर्केकाहरु मध्ये केहि व्यक्तिले हवाई टिकट वापतको रकम शोधभर्नाका लागि निवेदन दिएका छन् ।

यो पनि पढ्नुहोस् सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन पछि बढे रोजगारदाता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: