विदेश जान श्रम स्वीकृति लिने बढे

पछिल्लो समय वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २८ गते सम्मको साप्ताहिक प्रगति विवरण अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको हो ।

मन्त्रालयको साप्ताहिक प्रगति विवरण अनुसार यो हप्ता पुनः श्रम स्वीकृति लिनेको संख्या २ हजार ९ सय ८८ रहेको छ । यो संख्या गत हप्ताको तुलनामा करिव दुई सय बढी हो । गत हप्ता २ हजार ७ सय ९९ जनाले पुनः श्रम स्वीकृति लिएको मन्त्रालयको तथ्यांक छ ।

यस्तै व्यक्तिगत र संस्थागत तर्फ २ हजार २ सय ६२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । अघिल्लो हप्ता व्यक्तिगत र संस्थागत तर्फ नयाँ श्रम स्वीकृति लिनेको संख्या २ हजार ३ सय ८९ रहेको थियो । यो हप्ता १ सय ९७ बैधानिककरण गरिएको छ ।

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीको लागि ४७ हजार ९ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत र संस्थागत तर्फ २६ हजार ८ सय ३५ जनाले नयाँ श्रम स्वीकृति लिएको मन्त्रालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय