
मलेसियाले पुन अवैधानिक बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तिव्रता दिएको छ । सोही क्रममा शुक्रवार प्रहरीले केहि नेपाली सहित २ सय ५ जना अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकलाई पक्रेको छ ।
अध्यागमन विभागले क्वालालम्पुरमा चेकजाँच गरिएका ४ सय २५ जना मध्ये २ सय ५ जनासँग वैधानिक कागजात नरहेको र उनीहरुलाई हिरासतमा लिइएको जनाएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हिरासतमा लिइएकाहरु २० देखि ४० बर्ष बीचका रहेका छन् । उनीहरु नेपाली, ईण्डोनेशिन तथा बंगलादेशीहरु रहेको प्रहरीले जनाएको छ । उनीहरु मध्ये अधिकाँश भिसाको म्याद सकिएपनि मलेसियामा बस्दै आएकाहरु रहेका छन् ।
स्थानीय व्यक्तिहरुले अपार्टमेण्टमा धेरै विदेशीहरु रहेको भन्दै उनीहरुका बारेमा रिपोर्ट गरेपछि अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा आकस्मिक जाँच गरेको थियो ।