विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्न सम्झौता

मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्ने सम्वन्धि सम्झौता भएको छ ׀ आफ्ना सदस्य उद्यमीहरुलाइ रिटर्नी माइग्रेन्ट नेपालले सिफारिस गर्ने र मेगा बैंकले अधिकतम १० लाखसम्मको कर्जा प्रवाह गर्नेगरी एक समारोहका बीच बुधवार सम्झौता भएको हो ׀

सम्झौता अनुसार मेगा क्यापिटलले उद्यमीहरुको परियोजना प्रस्ताव तयार गर्ने, वित्तीय साक्षरता तथा ब्यवसायिक परामर्श प्रदान गर्ने कार्य गर्नेछ ׀ सो सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली, रिटर्नी माइग्रेन्टका तर्फबाट अध्यक्ष उत्तम अधिकारी र मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ׀

समारोहमा बैंकका तर्फबाट बिना झन्झट सेवाग्राहीलाई सेवा उपलब्ध गराउने र त्यसका लागि असल उद्यमी सदस्यको पहिचान गरि संस्थाले गर्ने सिफारिस महत्वपूर्ण हुने प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बताइन । रिटर्नी माइग्रेन्ट नेपालका तर्फबाट यस अघि बिभिन्न बैंकसंग भएका सम्झौता कार्यन्वयनका क्रममा देखिएका जटिलता दोहोरिन नदिन बैंकको उच्च नेतृत्व सचेत रहनुपर्नेमा जोड दिइएको थियो ׀

२०७५ सालमा स्थापित रिटर्नी माइग्रेन्ट नेपालले बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वदेशमै उद्यमी बन्न संगठित गर्दै क्षमता बिकास, सामुहिक लगानीमा प्रोत्साहनका साथै तथा सहुलियत कर्जामा सहजीकरण गर्दै आइरहेको जनाएको छ । यस अघि एनएमबी बैंक र सिटिजन बैंकसंग सहकार्य गरिसकेको अनुभव रहेको तथा हाल ३५ भन्दा बढी जिल्ला शाखा रहेको रिटर्नी माइग्रेन्ट नेपालमा पच्चीस हजार बढी सदस्य रहेको सो संस्थाका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: