मेनपावर सञ्चालक पौडेल पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका रिलायवल एचआर म्यानपावरका सञ्चालक गुरुदत्त पौडेल पक्राउ परेका छन् । ४८ वर्षीय पौडेललाई आइतवार काठमाडौं बागबजारबाट केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी नवलपरासी देवचुली नगरपालिका १३ का स्थायी बासिन्दा हुन् ।

पौडेललाई वैदेशिक रोजगार न्यायाधिकरणले २०६८ सालमा १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने ठहर गरेको थियो । दुबई पठाई ठगी गरेको कसूरमा पौडेललाई उक्त सजाय भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

सिंगापुरमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाएर उनले पीडितहरूसँग चार लाख ५० हजार लिएर दुबई पठाई ठगी गरेको अभियोग लागेको थियो । ब्युरोका अनुसार पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय