एक दशकमा १ हजार ६ सय ४१ नेपालीले कतारमा गुमाए ज्यान

कतारमा पछिल्लो एक दशकमा १ हजार ६ सय ४१ नेपालीको मृत्यु भएको छ । कतारले विश्वकप फुटवल प्रतियोगिताको निर्माणको कामलाई तिव्र बनाएयता उनीहरुको मृत्यु भएको हो ।

बेलायती सञ्चार माध्यम गार्जियनका अनुसार सन् २०११ द्येखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकले कतारमा ज्यान गुमाएका छन् । त्यसमध्ये सवैभन्दा भारतीयको संख्या रहेको छ । पछिल्लो एक दशकमा २ हजार ७ सय ११ भारतीय नागरिकको कतारमा मृत्यु भएको छ । विश्वकप फुटवल प्रतियोगिता आयोजनाको प्रतिस्पर्धा जितेयता हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु भएको देखिएको गार्जियनले लेखेको छ ।

ज्यान गुमाउने मध्ये ४८ प्रतिशत नेपालीको मृत्युको कारण प्राकृतिक मृत्यु भएको उल्लेख छ भनें हृदयाघात तथा श्वासप्रश्वास सम्वन्धि समस्या त्यसपछि देखिएको छ । मृत्यु भएका मध्ये १६ प्रतिशतको सडकमा दुर्घटनामा परेर, १० प्रतिशतको कार्यथलोमा भएको दुर्घटनामा परेर मृत्यु भएको देखिएको छ । मृत्यु भएका मध्ये ७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

पछिल्लो एक दशकमा कतारमा विश्वकप फुटवल प्रतियोगिता लक्षित गर्दै ठूला ठूला भवनहरु त्था अन्य संरचनाहरु निर्माण भइरहेका छन् । यसैगरी रंगशालाहरु, सडक, सार्वजनिक यातायातको निर्माण पनि तिव्र छ ।

कतारमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका मुलुकका नागरिकहरु आप्रवासी श्रमिकका रुपमा कार्यरत छन् । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार सन् २००८ देखि २०१९ बीचमा विभिन्न मुलुकहरुमा ७ हजार ४ सय ६७ नेपालीले ज्यान गुमाएका छन् । सवैभन्दा धेरै नेपालीको मृत्यु मलेशियामा भएको देखिएको छ भनें दोश्रोमा कतारमा देखिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय