
कतार स्थित नेपाली दूतावासले नेपालबाट श्रमिक माग गर्दा नेपालका मेनपावर कम्पनीलाई उपलव्ध गराउने सेवा शुल्क उल्लेख नगरिएको मागपत्र प्रमाणिकरण नगर्ने भएको छ । सोमबार कतार स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जानकारी दिएको हो ।
नेपालबाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क अनिवार्य रुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने व्यवस्था लागु गरिएको छ ।
उक्त व्यवस्था मार्च १, २०२१ देखि लागू गरिएको दूतावासले जनाएको छ । सेवा शुल्क सम्बन्धि प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने दूतावास जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।