कोरोनाका कारण विदेशमा थप तीन नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विभिन्न मुलुकमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गत साता बेलायतमा दुई जना र अल्जेरिया १ जनाको कोरोनाको संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये ५६ हजार २ सय ४७ जना कोरोनामुक्त भएका छन । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार गत साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच कोरोना भाइरसका कारण नेपालमा हालसम्म २ हजार ३५ जनाको निधन भएको छ । संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ जना छ भने २ लाख ६६ हजार ८ सय १२ जना अर्थात ९८ दशमलव ५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा गत सातादेखि कोरोना विरुद्दको खोप लगाउन सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी लगायतलाई खोप लगाइएको छ भनें दोश्रो चरणमा सञ्चारकर्मी लगायतले खोप पाउने छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: