कुवेतमा फेब्रुअरी ७ देखि दुई साताका लागि बन्देज

कुवेतले गैरकुवेती नागरिकलाई दुई साताका लागि आगमन निषेध गरेको छ । बुधवार एक कुवेती टेलिभिजनमा प्रशारित पत्रकार सम्मेलनमा यससम्वन्धि सरकारी निर्णयको बारेमा जानकारी दिईएको हो ।

गल्फन्यूजका अनुसार फेब्रुअरी ७ देखि लागु हुनेगरी सो बन्देज दुई साता लागु हुनेछ । कुवेतको मन्त्री परीषदले कुवेत प्रवेश गर्ने कुवेती नागरिकले पनि अनिवार्य रुपमा क्वारेण्टीनमा बस्नुपर्नेछ । कोरोना भाईरसको दोश्रो लहरका कारण विभिन्न मुलुकहरुले समय समयमा यस्तो आँशिक समयको बन्देज लगाउँदै आएका छन् ।

यस अगाडी साउदी अरेवियाले विभिन्न २० वटा मुलुकबाट आउनेहरुलाई आफ्नो मुलुकमा प्रवेशमा अल्पकालिन बन्देज लगाइसकेको छ । सो सूचीमा भारत समेत रहेको छ । नेपाल भनें साउदी अरेविया प्रवेश गर्न नपाउने सूचिमा छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय