
‘रिईन्ट्री’ भिषामा साउदी बाहिर गएका विदेशीहरु भिषाको म्याद नसकिंदै पुनः साउदी अरेविया नफर्केमा तीन बर्षको प्रतिवन्ध लाग्ने भएको हो । साउदी अरेवियाको जवाजतका महानिर्देशकले एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा यस्तो व्यवस्था गरिएको बताएको साउदी अरेवियाका सञ्चार मध्यमहरुले समाचार लेखेका छन् ।
समाचार अनुसार पुरानै रोजगारदाताकहाँ नयाँ भिषामा आउनेहरुलाई भनें यो लागु हुने छैन । साउदी अरेवियाले नयाँ नियम बनाएको समाचार सार्वजनिक भएसँगै यस विषयमा अन्यौल देखिएको थियो । तसर्थ यसका बारेमा जवाजतले स्पष्ट पारेको हो ।
पछिल्लो समयमा साउदी अरेवियाले आफ्नै नागरिकका लागि रोजगारी सुरक्षित गर्ने नीति लिएको छ । साउदीकरण अभियान अन्तर्गत विभिन्न क्षेत्रको काम केवल साउदी नागरिकका लागि मात्र सुरक्षित गर्ने नीति साउदी अरवले केहि समययता अपनाउँदै आएको छ ।