होटलका श्रमिकको आधारभूत तलवमा नयाँ सहमति, न्यूनतम रकम पाउने तर अन्य सुविधा काटियो

विश्वव्यापी महामारी कोभिड १९ का कारण संकटमा परेको होटल क्षेत्रमा कार्यरत श्रमिकको आधारभूत तलव सुविधा भुक्तानीका विषयमा व्यवसायी र ट्रेड यूनियनहरु बीच नयाँ सहमति भएको छ । होटल संघ नेपाल र तीनवटा होटल सम्वद्द यूनियनहरु बीच यसमा सहमति भएको हो । सहमतिमा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा तथा तीनवटा यूनियनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

मंगलवार भएको सहमति अनुसार अवदेखि पाँततारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको मासिक आधारभूत तलव भुक्तानी ५ हजार हुनेछ । यसैगरी चारतारे होललमा कार्यरतहरुले मासिक चार हजार, तीनतारेमा कार्यरतहरुले तीन हजार, दुईतारेमा कार्यरतहरुले २ हजार ५ सय तथा एकतारेमा कार्यरतहरुले मासिक दुई हजार आधारभूत तलव पाउनेछन् । यो रकम भनेको रोजगारीमा नबोलाइएको भएमा पनि प्राप्त गर्ने रकम हो ।

दुई पक्षबीचका सहमति अनुसार सहमति अवधिभर चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता भनें श्रमिकले पाउनेछैनन् । होटल सञ्चालनका लागि चक्रिय प्रणाली मार्फत आवश्यकताको आधारमा आलोपालो गरेर श्रमिक तथा कर्मचारीहरुलाई काममा लगाउन सकिने सहमति भएको छ । तर काममा लगाइएका श्रमिकलाई भनें उनीहरुले खाईपाई आएको तलव उपलव्ध गराउने सहमति भएको छ । जसलाई काममा बोलाइएको छैन उनीहरुले सहमति बमोजिमको आधारभूत तलव प्राप्त गर्नेछन् ।

दुई पक्षबीचको सहमति अनुसार सम्झौता पश्चात सहमति अवधिभर तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई काममा लगाउन पाइने छैन । यसैगरी सहमति अवधिभर काममा नबोलाइएकाहरुले विदाको सुविधा दावी गर्न नपाउने भएका छन् । सहमति अवधिभर कसैलाई रोजगारीबाट ननिकाल्ने सहमति भएको छ । स्वेच्छिक अवकाश लिन चाहने र उमेरको हदका कारण अवकाश पाउने कर्मचारीलाई बन्दाबन्दी अगाडि खाइपाइ आएको सुविधा दिइ सेवा अवधि अन्त्य गर्न पाइने व्यवस्था रहेको सहमतिपत्रमा उल्लेख छ।

यदि कुनै श्रमिकले सहमति अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगाडि नै सूचना नदिइ कामबाट अलग हुने चाहेमा निजले बुझिलिएको रकम उपदानबाट कट्टी गरिने सहमतिपत्रमा छ। यस अघि गत असार २८ गते भएको सहमति अनुसार पाँचतारे होटलका कर्मचारीले १० हजार रुपैयाँ तलब पाउँदै आएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: