वैदेशिक रोजगार विभागमा मेनपावर व्यवसायीको धर्नाः ताला लगाउने चेतावनी

व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरु वैदेशिक रोजगार विभाग विरुद्द आन्दोलित भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा उनीहरु विरोधमा उत्रेका हुन् ।

सो क्रममा व्यवसायीहरुले आइतबार विभागको बुद्धनगर स्थित कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले आफ्ना माग पुरा नभए विभागमा तालाबन्दी गर्ने र चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । संघले वैदेशिक रोजगारमा जाने कामदारको राहदानी (पासपोर्ट) म्यानपावर कम्पनीले राख्न पाउनुपर्ने, विभागको पछिल्लो सार्वजनिक सूचनासहित, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति पाउनुपर्ने , वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन गर्नुपर्ने लगायत मागहरु राखेका छन्।

कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यवसायीको मनोवल उकास्नु पर्ने समयमा विभागले विगतमा सुधारका लागि जनाएका प्रतिवद्धता पूरा नगरी नियन्त्रणमुखी रवैया अपनाएको भन्दै त्यसले व्यवसायीलाई सडकमा ओर्लन वाध्य पारेको संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय