
संयुक्त अरव ईमिरेट्स (युएई) ले कोभिड १९ विरुद्दको तेश्रो खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । युएईको स्वास्थ्य मन्त्रालयले रुसले विकास गरेको स्पुतनिक ५ लाई आपतकालिन प्रयोगको अनुमति दिएको हो । युएईमा यसअगाडी नै फाइजर तथा बायोएनटेकले विकास गरेको खोप लगाउने काम चलिरहेको छ भनें चीनको सिनोमार्फले विकास गरेको खोपले पनि आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेको छ ।
रुसको स्वास्थ्य मन्त्रालय मातहतको गामेलिया नेशनल रिसर्च ईन्टिच्यूटले विकास गरेको सो खोप रुसमा यसअगाडी देखि नै लगाउँदै आएको रुसले बताएको छ । तर सो खोपको विकासका क्रममाकेहि प्रकृयाहरु हतारमा गरिएको र निश्चित प्रकृया पुरा गरेको यकिन नभएको भन्दै विश्व स्वास्थ्य संगठन लगायत विभिन्न मुलुकहरुले खोपको प्रभावकारीताका बारेमा प्रश्न उठाउँदै आएका थिए । तर कोभिड १९ विरुद्दको पहिलो खोपका रुपमा रुसले सो खोपलाई प्रयोगमा ल्याइसकेको छ ।
रुसले विकास गरेको सो खोप नेपालमा पनि ल्याउन छलफल भइरहेको छ । नेपालमा भारतले विकास गरेको खोपको पहिलो लट विहिवार नै आइपुगेको छ ।