विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्थाको माग गर्दै निर्वाचन आयोगमा बुझाइयो ज्ञापनपत्र

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले मुलुक बाहिर रहेका नेपाली नागरिकले पनि आगामी निर्वाचनमा मतदान गर्न पाउने सुनिश्चिताको माग सहित निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको एक टोलीले आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियालाई भेटेर सो ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति समेत घोषणा भएको अवस्थामा यसको छिनोफानोका लागि सर्वोच्च अदालतमा वहस जारी नै रहेको स्मरण गर्दै अदालतको फैसला पश्चात मध्यावधि निर्वाचन भएमा वा नियमित निर्वाचन हुने अवस्थामा पनि सवै नेपालीले आफ्नो मत जाहेर गर्न पाउने व्यवस्था गर्नु नेपाल सरकार र निर्वाचन आयोगको दायित्व रहेको उल्लेख गरिएको छ ।

जिफन्टले २०७४ वैशाख १४ गते नेपाली प्रवासी श्रमिकको मताधिकारको व्यवस्था गर्ने सम्बन्धको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७४ चैत्र ७ गते नेपाल वाहिर रहेका नेपाली मतदाताहरुको मताधिकार सुनिश्चितताको लागि आवश्यक व्यवस्था गर्न निर्देशन जारी गरेको पनि स्मरण गराइएको छ । सोही आधारमा पनि प्रवासबाट पनि मतदानको व्यवस्था मिलाउन जिफन्टले माग गरेको हो ।

ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख आयुक्त थपलियाले हरेक नेपालीले निर्वाचनमा भाग लिन पाउनु अधिकार भएको भन्दै यस सम्बन्धि ब्यवस्थाका लागि ऐन परिमार्जन गर्ने चरणमा रहेको जानकारी दिए ।

यसअगाडी ज्ञापन पत्र बुझाउँदै जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठले प्रवासमा रहेका लाखौं नेपालीको तर्फवाट गरिएको यस आग्रहलाई निर्वाचन आयोगलले सम्बोधन गर्ने विश्वास ब्यक्त गरेका थिए ।

ज्ञापन पत्र बुझाउन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट), ट्रेड यूनियन पोलिसी ईन्टिच्यूटका प्रमुख डा. बिन्दा पाण्डे, जिफन्ट रिसोर्स सेन्टरका प्रमुख बिना श्रेष्ठ लगायतको टोली निर्वाचन आयोग गएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय