१५ लाख ठगेको अभियोगमा पक्राउ

आफू राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको बताउंदै अमेरिका पठाइदिन्छु भन्दै ठगि गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन । संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाडौँ महानगर वडा नं. ७ मित्रपार्क,चावहिल बस्ने ६० बर्षिय तुलसी थापालाई प्रहरीले सो अभियोगमा पक्राउ गरेको हो ।

उनले आफू राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको भन्दै परिचय पत्र समेत देखाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार काठमाडौँको दरबारमार्गबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीबाट अरु कोही ठगिएको भए कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ । उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय