दूतावासका कर्मचारीलाई कोभिड संक्रमण, केहि सेवा स्थगन

संयुक्त अरव ईमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासमा कार्यरत केहि कर्मचारीलाई कोभिड-१९ को संक्रमण देखिएपछि दूतावासले दिंदै आएको केहि सेवा केहि समयका लागि स्थगन भएको छ । दूतावासमा सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केहि कर्मचारीहरुमा कोभिडको संक्रमण भई आवशयक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकोले दूतावासमा भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केहि दिनका लागि स्थगन गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको दूतावासले सूचित गरेको छ ।

संक्रमणमुक्त भएको सुनिश्चिता गरी स्थगित सेवाहरु याशिघ्र पुःन सुचारु गरिने भन्दै दूतावासले अत्यन्त जरुरी एवं भौतिक उपस्थिति विना लिन सकिने सेवाहरु भनें यथावत प्रदान गरिने सुचनामा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय