
नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार साताको पहिलो दिन आईतवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ८९ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ ५ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ ९ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ २५ पैसा छ । युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ७५ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९१ पैसा छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २८ रुपैंयाँ ८९ पैसा तथा विक्रि दर २९ रुपैंयाँ ४ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८४ रुपैंयाँ ६२ पैसा तथा विक्रि दर ३ सय ८६ रुपैयाँ ६० पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय ९ रुपैंयाँ ३४ पैसा तथा विक्रि दर ३ सय १० रुपैंयाँ ९३ पैसा छ।
वाणिज्य बैंकहरुले यो विनिमय दरमा थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन् ।