मलेशियामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई कतारबाट आर्थिक सहयोग

वैदेशिक रोजगारीका क्रममा मलेशियामा ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई कतारमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २, आठअर्डी पुल्ठेगौडा घर भई मलेशियामा ज्यान गुमाएका सुमन राईको परिवारलाई कतारमा कार्यरत नेपालीले सो सहयोग गरेका हुन् ।

मलेशियामा कार्यरत राईको गत नोभेम्वर ११ तारिखका दिन सुतेको अवस्थामा नै मृत्यु भएको थियो । उनी आफू कार्यरत कम्पनीमा तलव सुविधा नपाएपछि सो कम्पनी छोडेर अवैधानिक रुपमा अन्य कम्पनीमा कार्यरत थिए ।

राईको परिवारलाई बराहक्षेत्रबासी तथा शुभचिन्तकहरुले रकम उठाएर सहयोग गरेका हुन् । कतारमा कार्यरत सुवास गौतमका अनुसार कुल कतारी रियाल २ हजार १ सय २१ रियाल (नेरु ६७ हजार ६ सय २५) रुपैंया सुमन राईकी आमालाई हस्तान्तरण गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय