आकर्षक रोजगारीको झुट्टो विज्ञापन फेसबुकमा राखेर ठगेको अभियोगमा पक्राउ

सामाजिक सञ्जाल फेसबुक पेजमा विभिन्न प्रकारको रोजगारीको विज्ञापन राखेर ठगि गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । दोलखाको जिरी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौँको काडाँघारी बस्दै आएका शिव खड्कालाई प्रहरीले सो अभियोगमा पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले खड्कालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाएको छ । उनले बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिएर सुरुमा १ हजार ५ सय देखि ३ हजार ५ सयसम्म ई-सेवा मार्फत जम्मा गर्नु भन्दै ४३ जना युवाहरुबाट रकम ठगेको उजुरी परेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको र यस्ता खालका प्रलोभनमा नपर्न प्रहरीले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय