वैदेशिक रोजगारको मागपत्र प्रमाणिकरण माघ ११ देखि सुरु हुने

कोभिड-१९ को महामारीका कारण रोकिएको साउदी अरेवियामा रोजगारीका लागि जाने श्रमिकको मागपत्र प्रमाणिकरण आगामी माघ ११ गतेदेखि सुुरु हुने भएको छ । रियाद स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै २०७६ फागुन ४ गते प्रमाशित सुचना अनुसार मागपत्र प्रमाणिकरणको काम अनलाइन प्रणाली मार्फत हुने जनाएको छ ।

कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको परिप्रेक्ष्यमा साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल एवं कोभिड-१९ संक्रमणका कारण साउदी श्रम बजारमा परेको प्रभावका बीच श्रमिकको रोजगारी सुनिश्चिततालाई मध्यनजर गर्दै मागपत्र प्रमाणिकरण कार्यलाई सीमित संख्याबाट सावधानीपूवर्क शुरु गरी आवश्यकताअनुसार चरणवद्द रुपमा विस्तर गर्दै लगिने दूतावासले जनाएको छ ।

यसैगरी दूतावासले आगामी मार्च १४ देखि लागु हुनेगरी साउदी अरबले घोषणा गरेको श्रम सुधार योजना लागु हुने भएका कारण सो पश्चात मात्र रोजगारीका लागि आउन पनि अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय