मेनपावर कम्पनीलाई तिर्ने रकम बैंक खातामा मात्रै जम्मा गर्नुः विभाग

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जान छनौट भएका व्यक्तिहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम सम्वन्धित मेनपावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न र त्यसको भौचर सुरषित राख्न अनुरोध गरेको छ । विभागले सुचना जारी गर्दै मेनपावर कम्पनीहरुलाई पनि श्रमिकबाट लिने प्रवद्र्दन खर्च लगायतको रकम संस्थाको बैंक खाता मार्फत मात्र लिन पनि अनुरोध गरेको हो ।

विभागले वैदेशिक रोजगारमा जान लागेका व्यक्तिलाई अन्तर्वार्तामा छनौट भएपछि मात्र सम्वन्धित मेनपावर कम्पनीलाई सक्कल राहदानी –पासपोर्ट) लगायतका आवश्यक कागजात बुझाउन र त्यस्ता कागजातहरुको प्रतिलिपि वा स्क्यान कपी सुरक्षित राख्न पनि आग्रह गरेको छ ।

विभागले जारी गरेको सुचनामा ईजाजत नलिएका अनय कसैको प्रलोभनमा नपर्न तथा कसैले कुनै मेनपावर कम्पनीमा आवद्द छु भनेमा वैदेशिक रोजगार विभागको वेभसाइटमा गएर त्यसको आधिकारीकता जाँँच्न वा सम्वन्धित मेनपावर कम्पनीमा सम्पर्क गर्न पनि अनुरोध गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय