कतारमाथिको नाकावन्दी अन्त्य

साउदी अरेविया तथा कतार हवाई, स्थल र समुद्री नाका खोल्न सहमत भएका छन् । सहमति अनुसार साउदी अरेवियाले कतारसँगको स्थल नाका खोलेको छ । दुई देशबीचको स्थल नाका खोलिएको घोषणा भएपनि कुनै व्यक्ति वा सवारी साधनले सीमा पार गरेको नदेखिएको दोहास्थित सञ्चार माध्यम अलजजिराले लेखेको छ । नाका स्थित कार्यालयमा दुवै देशका अध्यागमन अधिकारीहरु देखिएपनि नाका शान्त रहेको समाचारमा उल्लेख छ । हवाई तथा समुद्री नाका पनि खोलिने समाचार सार्वजनिक भएको छ । कुवेतका विदेश मन्त्री अहमद नासिर अल सवाहले सोमवार यसको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

कुवेतका विदेश मन्त्री सवाहले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ति दुवै देश तीन बर्षदेखिको नाकावन्दी अन्त्य गर्न सहमत भएको उल्लेख गरेका छन् । नाकावन्दी अन्त्यको घोषणा खाडी मुलुकहरुको सम्मेलनको पूर्वसन्ध्यामा भएको हो । यसले खाडी क्षेत्रमा देखिएको समस्या अन्त्य हुने भन्दै उनले खुशी प्रकट गरेको समाचारमा जनाइएको छ ।

सो समाचारलाई साउदी अरेवियाका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ छापेका छन् । साउदी गजेटका अनुसार मंगलवार आयोजना हुने सम्मेलनमा कतारको नेतृत्व त्यहाँका शेख तामिम वीन हमद अल थानीले गर्ने अपेक्षा गरिएको छ । कतारले सन् २०१७ मा नाकावन्दी सुरु भएपश्चात पहिलोपटक खाडी सम्मेलनमा सहभागिता जनाउँदैछ ।

सन् २०१७ मा साउदी अरेवियाको नेतृत्वमा संयुक्त अरव ईमिरेट्स (युएई), बहराइन तथा ईजिप्टले कतार विरुद्ध नाकावन्दी लगाएका थिए । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै ति मुलुकहरुले दोहामा रहेको सञ्चार माध्यम अलजजिरा बन्द गर्नुपर्ने, ईरानसँगको सम्वन्ध विच्छेद गर्नुपर्ने लगाययतका माग राखेर तीन बर्षसम्म ति मुलुकहरुले नाकावन्दी गरेका थिए । कतारले सो माग अस्वीकार गर्दै आएको थियो ।

खाडी क्षेत्रमा तनाव सिर्जना गर्नेगरी साउदी अरेवियाको नेतृत्वमा छिमेकी मुलुकहरुले कतारमाथि लगाएको नाकावन्दी अन्त्यको विभिन्न मुलुकहरुले सराहना गरेका छन् ।

यो पनि पढ्नुहोस् नाकावन्दीमा कतारले गरेको प्रगति जो नेपालका लागि पनि सिक्न लायक छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय