दुई साताका लागि अन्तराष्ट्रिय उडानमा बन्देज लगाएको साउदी अरेवियाले पुनः उडान सुरु गरेको छ । कोभिड १९ को नयाँ लहर सुरु भएपछि अन्तराष्ट्रि सिमा बन्द गरेको साउदीले दुई सातापछि पुनः सिमान नाका आइतवार देखि सुचारु गरेको हो । साउदी अरेवियाले गत डिसेम्वर २० तारिख देखि अन्तराष्ट्रिय उडान लगायत सवै सिमानाका बन्द गरेको थियो ।

केहि मुलुकबाट साउदी अरेविया प्रवेश गर्न चाहने विदेशी नागरिकले अनिवार्य रुपमा अन्य मुलुकमा १४ दिन क्वारेण्टीन बसेको हुनुपर्ने व्यवस्था गरिएको छ । नेपालबाट जाने यात्रुका लागि भनें त्यस्तो बन्देज छैन । तर साउदी अरेवियाको स्वास्थ्य मन्त्रालयले यस सम्वन्धमा सूचि परिवर्तन गर्न सक्ने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय