वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सिटिजन बैंकले सहुलियत कर्जा दिने

वैदेशिक रोजगारबाट फर्केकालाई सिटिजन बैंकले सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ׀ वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमै उद्यमशिल बनाउन सहयोग पुर्याउंदै आएको रिटर्नी माइग्रेन्ट नेपाल र सिटिजन बैंक बीच सहुलियत कर्जामा सहकार्यका लागि बुधवार काठमाडौंमा सम्झौता भयो ।

सहुलियत कर्जा उपलव्ध गराउने विषयमा सहकार्यका लागि बैंकका तर्फबाट एसएमई प्रमुख अमित खनाल र रिटर्नी माईग्रेण्ट नेपालका तर्फबाट अध्यक्ष उत्तम अधिकारीले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ׀

सम्झौता बमोजिम रिटर्नी माइग्रेन्ट नेपालले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरिरहेका र थप लगानी नभएका कारण अप्ठ्यारोमा परेका तथा रिटर्नीहरुको उद्यम प्रवद्र्धनका लागि आवश्यक कागजात रुजु गरि सिफारिस गर्नेछ भने सिटिजन बैंकले आवश्यक प्रकृया पुरा गरि कर्जा उपलब्ध गराउनेछ ׀ यस अघि रिटर्नी माइग्रेन्ट नेपालले एनएमबि बैंकसंग सोहि प्रकृतिको सम्झौता गरेको थियो ׀ सो सम्झौता अनुसार वैदेशिक रोजगारबाट फर्केका केहि व्यक्तिले सहुलियत कर्जा प्राप्त गरेका थिए ׀

४५ वटा जिल्लामा १ सय १० वटा शाखा रहेको सिटिजन बैंक मार्फत सहज रुपमा उक्त कर्जा उपलब्ध गराउनका लागि दुवै पक्षले अधिकतम पहल गर्ने जनाएका छन् ׀ रिटर्नी माइग्रेण्ट नेपालले आफ्नो संस्थाको आजिवन सदस्यता लिएका व्यक्तिहरुलाई उक्त सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गर्ने बताएको छ ׀

कर्जा आवेदनका लागि पासपोर्ट, पछिल्लो भिसा, अन्तिम पटक नेपाल आएको अराईभल स्टिकर, श्रम स्टिकर, नागरिकताको फोटोकपी, व्यवशायिक परियोजना, कम्पनि, फर्म दर्ताको प्रमाणपत्र, प्यान कार्डको प्रमाणपत्र, एकाघरका जमानिकर्ता लगायत कागजात र रिटर्नी माइग्रेन्ट नेपालको सिफारिस पत्रको जरुरी हुनेछ । यसैगरी पुरानो कम्पनि, फर्मको हकमा पछिल्लो अडिट रिपोर्ट र कर चुक्ताको प्रमाणपत्र पनि आवश्यक पर्ने रिटर्नी माइग्रेण्ट नेपालका अध्यक्ष अधिकारीले बताए ।

सम्झौताका दुवै पक्षले वैदेशिक रोजगारबाट फर्केकाहरुको क्षमता विकास र वित्तीय साक्षरताका लागि सहयोग गर्नेछन् ׀ संस्थाले बैंकका शाखा रहेका जिल्लाबाटै सिफारिसको ब्यवस्था मिलाउने जनाएको छ ׀ संस्थाले हालसम्म ३७ जिल्लामा जिल्ला सम्मेलन गरि जिल्ला शाखा गठन गरिसकेको छ भने थप केहि जिल्लामा शाखा गठनको तयारी रहेको बताइएको छ ׀

रिटर्नी माइग्रेन्ट नेपालले आफ्नो स्थापनाकालदेखि नै स्वदेश फर्किएकाहरुको लागि विभिन्न किसिमका तालिम, उद्यमशीलता विकास कार्यक्रम, सामुहिक लगानीमा प्रोत्साहन तथा राज्यले रिटर्नी माइग्रेन्टहरुका लागि अघि सारेको सहुलियतपूर्ण कर्जामा बैंक र रिटर्नीहरुबीच समन्वय र सहयोग पुर्याउंदै आइरहेको अध्यक्ष अधिकारीले बताए । स्वदेश फर्किएकाहरुसंग भएको सीप, अनुभव र पूंजीको उपयोगिता तथा रिटर्नी माइग्रेन्टहरुको क्षमताको पहिचान गर्दै राज्यको नीति तथा कार्यक्रममै रिटर्नीका मुद्दा स्थापित गर्न संस्थाले बिशेष भूमिका खेल्दै आएको छ ׀ सोही संस्थाको पहलमा विभिन्न जिल्लामा रिटर्नी माइग्रेन्टहरुले उद्यम शुरु गरेका र वित्तीय सहयोग प्राप्त गरेका छन् ׀

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय