शुक्रवार देखि अनलाइन मार्फत जहाँसुकैबाट पुनः श्रम स्वीकृति लिन सकिने

लामो पर्खाईपछि अन्ततः शुक्रवार देखि अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । वैदेशिक रोजगार विभागले सञ्चालन गरेको वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (फेमिस) बाट अव देखि पुनः श्रम स्वीकृति लिन सकिने भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन मार्फत नै पुनः श्रम स्वीकृति लिन सक्ने भएका हुन् ।

अनलाइन प्रणाली मार्फत पुनः श्रम स्वीकृति दिने काम आगामी पुष १७ गते देखि सुरु हुने भएको विभागले जनाएको छ । विभागका अनुसार एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेटिक (आँखाको स्क्यान वा औठाको स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाहरुले अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन पाउने भएका छन् ।

सो सम्वन्धमा थप जानकारीका लागि वैदेशिक रोजगार विभागद्दारा जारी सुचना हेर्नुहोस् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: