युएईमा पनि देखियो नयाँ स्वरुपमा कोरोना भाइरस, सजग रहन आग्रह

संयुक्त अरव ईमिरेट्स (युएई) मा सानो संख्यामा कोरोना भाइरस (कोभिड १९) को नयाँ स्वरुप देखिएको छ । बेलायतमा सुरुमा देखिएको नयाँ स्वरुपको सो भाइरस युएईमा पनि देखिएको उच्चस्तरीय श्रोतले बताएको खालिज टाइम्सले जनाएको छ । गत मंगलवार युएईमा कोभिड १९ संक्रमणको पछिल्लो अवस्था सम्वन्धि जानकारी सार्वजनिक गर्ने क्रममा यसका बारेमा जानकारी दिइएको हो ।

समाचारमा जनाइए अनुसार यसरी नयाँ स्वरुपको भाइरस देखिएकाहरु विदेशबाट आएकाहरु हुन् । उनीहरु कुन मुलुकका नागरिक हुन् र कुन मुलुकबाट आएका थिए भन्ने सार्वजनिक गरिएको छैैन । बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस देखिएपछि गरिएको परीक्षणका क्रममा सो भाइरसका संक्रमित सानो संख्यामा फेला परेको हो । नयाँ स्वरुपमा कोरोना भाइरस देखिएपछि युएईमा थप स्वास्थ्य सजगता अपनाउन सवैलाई अनुरोध गरिएको छ ।

हाल केही हप्तादेखि धेरै चर्चामा रहेको भाइरस बेलायतमा सुरुमा देखिएको हो । क्रमशः अन्य युरोपेली मुलुकहरुमा पनि सो प्रकृतिको भाइरस देखिइसकेको छ । सो भाइरस त्ता लगाउन ‘होल जिनम सिक्वेन्सिङ’ विधि अपनाउनुपर्ने हुन्छ । अन्य देशहरुले सो विधि नअपनाएका कारण ति मुलुकहरुमा सो प्रकृतिको भाइरसको पत्ता नलागेको हुन सक्ने अनुमान गरिएको छ ।

गत सेप्टेम्बरमा एकजना बिरामीमा देखिएको भाइरसको सो नयाँ स्वरुपको पुष्टि गत अक्टोबरमा भएको हो । हालसम्मको अध्ययनले यो भाइरस पहिलाको भन्दा लगभग ७० प्रतिशत छिटो फैलिएको भेटिएको छ । हालसम्मको अवस्था विश्लेषणका आधारमा नयाँ स्वरुपको भाइरसको संक्रमण तीव्र भए पनि यसले पहिलाको भाइरसले भन्दा बढी असर अर्थात धेरै हस्पिटलमा भर्ना हुनुपर्ने वा बढी मृत्युदर जस्तो केही देखिएको छैन । तर यसका विरामीको संख्या हालसम्म सानो भएका कारण यकिनका साथ भन्न नसकिने स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले बताउँदै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: