युएईले थप्यो भिजिट भिषाको एक महिना म्याद

संयुक्त अरब इमिरेट्स (यूएई) ले पर्यटक भिसाको म्याद एक महिना थप्ने भएको छ । नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यसलाई रोक्ने उद्देश्यले कतिपय मुलुकहरुले विमानस्थलहरु बन्द गरेका कारण पर्यटक भिषामा युएईमा रहेकाहरु समस्यामा नपरुन् भनेर सो निर्णय लिइएको गल्फ न्यूजले समाचार लेखेको छ ।

यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले पर्यटकहरु समस्यामा नपरुन् भन्ने उद्देश्यले विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप्ने आदेश दिएको समाचारमा जनाइएको छ । सो आदेश संगै यूएई आउने सबै पर्यटकहरुको भिसा एक महिनाको लागि बढाइएको छ ।

बेलायतमा देखापरेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार विभिन्न मुलकहरुमा फैलिन थालेपछि अहिले विभिन्न मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: