
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा हेरफेर गरेका छन् । मन्त्री र राज्य मन्त्री गरी ९ जना थपिंदा बहालवाला दुई मन्त्री भनें हटाइएका छन् । हेरफेर गरिएको मन्त्री मण्डलमा कैलालीका गौरीशंकर चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएका छन् । उनी पूर्व माओवादी केन्द्रका नेता हुन् ।
प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद भंग गरेपछी त्यसमा असहमती जनाउदै श्रम मन्त्री रामेश्वर राय यादब लगायत सात जना मन्त्रीले पदबाट राजिनामा दिएका थिए। रिक्त स्थानमा नयाँ मन्त्रीहरु नियुक्त भएका हुन। नया मन्त्रीमा अधिकांश पूर्ब माओबादी तर्फ रहेकाहरु परेका छन्।
चौधरी यसअगाडी पनि मन्त्री भईसकेका व्यक्ति हुन् । उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीकालमा कृषि मन्त्री भएका थिए । उनी सो समयमा प्रचण्डले बनाएको मन्त्रीमण्डलको सुरुवाती चरणमा परेका व्यक्ति हुन् ।
मन्त्रिपरिषद् हेरफेर भएसँगै टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु साह सहकारी विकास मन्त्री बनेका छन् । यसैगरी प्रेम आले वन मन्त्री, गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् भने जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् ।
यसैबीच केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । लीलानाथ श्रेष्ठलाई कानुन मन्त्री बनाइएको छ भनें शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । पद्मा अर्याल कृषि मन्त्री बनेकी छन् । कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् भने विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।