कोरियाली भाषा परीक्षा (ईपिएस) मा विभिन्न समयामा नक्कली परीक्षार्थी बनेर ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन । सुनसरीको धरान उपमहानगरपालिका १९ घर भई हाल काठमाडौं महानगरपालिका ५ रुद्रमतीमार्ग, कालोपुलमा बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई प्रहरीले मंगलबार सो अभियोगमा पक्राउ गरेको हो ।

काठमाडौैको बागबजारमा कोरियाली भाषा प्रशिक्षकका रुपमा काम गर्ने उत्तममान समेतले विभिन्न समयमा ईपिएस
परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारेर विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तिर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिई विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको प्रहरीको भनाई छ ।

विशेष सूचना आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय