५० जना भन्दा बढी एकै ठाउँ भेला भए १५ हजार रियालसम्म जरिवाना हुन सक्ने

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि साउदी अरेवियाले त्यसको नियन्त्रणका लागि केहि कडा नियम लागु गरेको छ । यसअगाडी एक साताका लागि विदेशका लागि हुने उडान रोकेको साउदीले ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पनि प्रतिबन्ध लगाएको छ ।

साउदी अरेविया स्थित नेपाली दूतावासले एक सुचना प्रकाशित गर्दै सो आदेशको उल्लङ्घन गरेमा त्यस्ता व्यक्तिलाई १५ हजार साउदी रियालसम्म जरिवाना हुने भन्दै सजग रहन सुचित गरेको छ ।

यसअगाडी साउदी अरेवियाका सञ्चार माध्यमहरुले एकसाता लामो उडान बन्देजको विषयमा समाचार प्रकाशित गरेका थिए । यदि समस्या लम्विएमा उडान स्थगनको समयावधि लम्विन सक्ने जनाइएको छ । युरोपका मुलुकहरुमा कोभिड-१९ को नयाँ लहर सुरु भएर संक्रमित हुनेहरुको संख्यामा वृद्दि भएसँगै कुवेत, साउदी अरेविया लगायतका मुलुकहरुले पूर्व सावधानी स्वरुप उडान रोकिएको जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: