वैदेशिक रोजगारको नाममा मानव तस्करी गरेको अभियोगमा दुईजना पक्राउ

 

वैदेशिक रोजगारको प्रलोभनमा पारी मानव तस्करी गरेको अभियोगमा दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलव दिलाई दिने प्रलोभनमा पारेर पाँच जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत, त्यसपछि खाडीका दुवई तथा कतारको बाटो हुँदै मोजाम्बिक पुर्याएको र त्यहाँबाट पनि दक्षिण अफ्रिका पुर्याई बिक्रि गरेर शारीरिक, मानसिक र आर्थिक शोषण गरेको उनीहरु माथि असभयोग लागेको छ । पिडितहरुलाई ४ ५ महिनासम्म बन्धक बनाएर राखेको प्रहरीको भनाई छ ।

पिडितहरु बन्धक रहेको अवस्थामा कोहि नभएको मौका पारेर भागेर नेपाली दुतावास पुगेका थिए । त्यसपछि दुतावासमार्फत आफन्तको सम्पर्कमा आई उनीहरु नेपाल फर्किएका थिए । त्यसपछि पिडितहरुले मानव तस्करीमा संलग्नहरु विरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।
पिडितहरुको उजुरीको आधारमा मानव तस्कर व्युरोले ताप्लेजुङ मिरिङदेङ ४ स्थाई घर भएका गणेश कुमार लोंवालाई गत १६ गते काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको थियो भनें सोहि अभियोगमा सिन्धुपाल्चोक जिल्ला सिन्धुकोट २ घर भएकी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई आईतवार काठमाडौकै चावहिलबाट पक्राउ गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: