भिजिट भिसामा पठाउन लागेको अभियोगमा तीनवटा मेनपावर कम्पनीमा अनुगमन, कागजात नियन्त्रणमा

वैदेशिक रोजगार विभागले एकै दिन ३ मेनपावर कम्पनीमा आकस्मिक अनुगमन गरेको छ । वैदेशिक रोजगारीको लागि भन्दै भिजिट भिसामा श्रमिक विदेश पठाउन लागेको पुर्व सूचनाका आधारमा विभागले स्काई अफ द वर्ल्ड मेनपावर कम्पनी, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट र सुर्खेत ओभरसिजमा आकस्मिक अनुगमन गरेको हो ।

स्काई अफ द वर्ल्ड मेनपावरबाट पासपोर्ट, कम्प्युटर लगायत आवश्यक कागजात नियन्त्रणमा लिइएको छ भने इम्पावर ह्युमनबाट पनि आवश्यक कागजात नियन्त्रणमा लिइएको अनुगमनमा खटिएका विभागका एक अधिकृतले जानकारी दिए ।

त्यस्तै अनुगमन टोली नपुग्दै सुर्खेत ओभरसिजका कर्मचारी कार्यालय बन्द गरेर हिडेको स्थानीयले बताएका छन् । सो पश्चात विभागको अनुगमनमा खटिएको टोलीले म्यानपावर सञ्चालकलाई तुरुन्त कार्यालय आउन निर्देशन दिएपनि कार्यालय नआएपछि म्यानपावर कार्यालयमा सिल गरिएको अगुमन टोलीमा खटिएका एक अनुसन्धान अधिकृतले जानकारी दिए । सुर्खेत ओभरसिजका सञ्चालक श्याम केसीले भिजिट भिसाको कुनै काम नगरेको साथै कार्यालय बाहिर भएकोले बोलाउने बित्तिकै आउन नसकिएको बताएका छन् ।
साझा सवालबाट साभार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय