वैदेशिक रोजगारमा जानेको विमा र कल्याणकारी कोषको रकम भुक्तानी अनलाइनबाट

वैदेशिक रोजगारमा जानेहरुले जीवन विमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाईनबाट नै भुक्तान गर्न सक्ने भएका छन् । कोभिड-१९ को महामारी फैलिएको अवस्थामा रकम जम्मा गर्ने कार्यलाई अनलाइन बनाइएको हो ।

वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युत्तीय माध्यमवाट समेत भुक्तानी गर्न सकिने जनाएको छ ।

भुक्तानी सेवा प्रदायक संस्थाहरु ईसेवा फोन पे, स्प्यारो पे बाट म्यादी जीवन विमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ । सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबाट अनलाईन मार्फत विमा जारी हुने पनि विभागले जनाएको छ ।

ति सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने गरी व्यवस्था मिलाईएको विभागको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: