युएई लगायतका मुलुकमा रोजगारीको आशमा भिजिट भिसामा नजान विभागको अपिल

वैदेशिक रोजगार विभागले संयुक्त अरव ईमिरेट्स (युएई) लगायतका विभिन्न मुलुकमा आकर्षक सेवा सुविधाको प्रलोभनमा परेर विभिन्न व्यक्ति र संस्थाहरुले भिजिट भिसामा श्रमका लागि व्यक्तिहरु पठाइरहेको भन्दै यस्तो प्रलोभनमा नपर्न आव्हान गरेको छ । विभागले विज्ञप्ती जारी गर्दै त्यसरी गैरकानुनी प्रकृया र बाटो अवलम्वन गरी गएकाहरु ठगिने क्रम शुरु भइसकेको भन्दै त्यस्तो उजुरीहरु विभागमा प्राप्त हुन थालेको जनाएको हो ।

अवैधानिक रुपमा श्रमका लागि भिजिट भिसामा गएका व्यक्तिहरुको सेवा, सुविधा तथा शर्तका सम्बन्धमा वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने भन्दै त्यसरी गएका व्यक्तिलाई कुनै समस्या आइपरेमा त्यसको जिम्मेवार सम्वन्धित व्यक्ति स्वयं हुने विभागले जनाएको छ ।

कानुन विपरितको काम नगर्न साथै श्रमका लागि गैरकानूनी प्रकृया अबलम्वन गरी वैदेशिक रोजगारीमा नजान विभागले आग्रह गरेको छ । युएईमा यसअगाडी देखि नै आकर्षक रोजगारीको प्रलोभनमा पारेर कयौं व्यक्तिलाई लैजाने र अलपत्र पार्ने गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय