
युएई र ओमानमा रहेका नेपाली दुतावासले मागपत्र प्रमाणीकरण शुरु गरेका छन् । युएईस्थित नेपाली दुतावासले पहिलो चरणमा सरकारी तथा अर्धसरकारी कम्पनीहरुको मागपत्र प्रमाणीकरण शुरु गरेको यूएईका लागि श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिईन् ।
युएइको नीजि कम्पनीहरुको समेत चाडै प्रमाणीकरण हुने दुतावासले जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठका अनुसार फ्रि जोनको नयाँ मागपत्रको प्रमाणिकरण केहि दिनपछि सुरु हुने जानकारी प्राप्त भएको छ ।
यसैगरी ओमानस्थित नेपाली दुतावासले पनि आजबाट मागपत्र प्रमाणीकरण शुरु गरेको जनाएको छ । कोरोना महामारी पश्च्यात दुतावासहरुले मागपत्र प्रमाणीकरण कार्य बन्द गरेका थिए ।