टप ग्लोव्स कम्पनीको होष्टलमा थप कडाई

मलेशियामा विदेशी श्रमिकमा कोभिड-१९ को संक्रमण देखिएपछि बन्द गरिएका टप ग्लोव्सका केहि कारखानाका श्रमिक बस्ने होष्टलमा थप कडाई गरिएको छ । आवतजावतमा लगाइएको बन्देजलाई थप कडाई गर्दै यस अगाडी कोभिड परीक्षण गरेर नेगेटिभ आएको भएपनि सवै श्रमिकहरु अनिवार्य रुपमा १४ दिन क्वारेण्टीनमा बस्नुपर्ने नियम लगाइएको मलेशियाका सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

क्लाङ र मेरु स्थित कम्पनीहरुका होष्टलहरुमा यस्तो कडाई गरिएको हो । यो निर्णयसँगै अव डिसेम्वर १४ सम्म ति कम्पनीमा काम गर्ने श्रमिकहरु क्वारेण्टीनमा बस्नु पर्नेछ । मलेसियाका बरिष्ठ मन्त्री ईस्माईल आब्री याकोबले यस अगाडी लगाइएको बन्देजलाई अझ बढाइएको बताएका हुन् । उनले सो क्षेत्रमा हाल पनि कोभिड-१९ को संक्रमण भएका व्यक्तिको संख्या ठूलो रहेको बताए । उनले ति होष्टहरुमा बस्ने सवैको अनिवार्य कोभिड परीक्षण गरिएको र नेगेटिभ नतिजा आएपनि उनीहरुलाई पनि उच्च जोखिममा रहेकाहरु भनेर क्वारेण्टीनमा राखिएको हो ।

टप ग्लोव्सका केहि कारखानामा कार्यरत श्रमिकहरुमा ठूलै संख्यामा कोभिड-१९ को संक्रमण देखिएपछि केहि कारखाना बन्द छन् । टप ग्लोव्सका ति कारखानामा काम गर्ने विदेशी श्रमिकहरु होष्टलमा तथा मलेशियनहरुलाई उनीहरुकै घरमा क्वारेण्टीनमा राखिएको र सो समयावधि थपिएको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय