
वैदेशिक रोजगार विभागले मुनलाइट इन्टरनेशनल प्रा.लि. शिल गरेको छ । ललितपुरको हरिहरभवनमा कार्यालय रहेको मुनलाइट मेनपावरको कार्यालय रहेको दुईवटा कोठामा सिलवन्दी गरिएको विभागले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीको लागि विभागको स्वीकृति विना युरोप लगायतका विभिन्न मुलुक पठाउने भनि विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरिरहेको भन्ने सूचना प्राप्त भए पश्चात विभागको आकस्मिक अनुगमनमा खटि गएको टोलि सम्बन्धित मेनपावरको कार्यालयमा जांदा कार्यालय बन्द रहेको रहेको थियो । सो पश्च्यात म्यानपावर संचालकलाई बारम्बार सम्पर्क गर्दा हालसम्म पनि कायालयमा उपस्थित नभएकाले कार्यालय रहेको २ (दुई) वटा कोठामा सिलवन्दी गरिएको विभागले जानकारी दिएको छ ।
संचालक विभागको सम्पर्कमा समेत नआएकोले उक्त प्रा ली लाई वैदेशिक रोजगारीमा जान भनि रकम बुझाएका व्यक्तिहरुले १५ दिन भित्र विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा प्रमाण सहित उजुरी गर्न विभागले अनुरोध गरेको छ ।
साथै उल्लेखित मेनपावर को सम्पूर्ण कारोवार विभागवाट रोकको राखिएकोले अब उपान्त अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि मुनलाइटनाई वैदेशिक रोजगारमा जानको लागि कुनै काम वा राहदानी नबुझाउन विभागले अनुरोध गरेको छ ।