
साउदी अरेविया सरकारले थप २९ जना नेपालीलाई बहिर्गमन भिसा दिएको छ । रियादस्थित नेपाली दुतावासले उनीहरुले बहिर्गमन भिसा प्राप्त गरेको जानकारी दिएको हो ।
साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने दुतावासले जनाएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भिसाका लागि आवेदन दिन पाउँछन् ।
दूतावासको ह्वाट्सएप (०५०००२१४०९) मा आफ्नो कागजात पठाउन सकिने दूतावासले बताएको छ ।