विदेश पठाउने भन्दै ७० जनालाई ठगेको अभियोगमा पक्राउ

कुवेत पठाउने भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बानेश्वरमा बस्दै आएका मोरङ ग्रामथाम गाउँपालिका ५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरीलाई पक्राउ गरेको हो ।

उनले आफू गौशालास्थित राजदेवी इन्टरनेसनल प्रालिका कर्मचारी भनेर चिनाउँथे। त्यसरी उनले वैदेशिक रोजगारीको लागि कुवेतमा पठाउने भन्दै प्रतिव्यक्ति दुई लाखसम्म उठाएको पीडितको गुनासो छ । महाशाखाका अनुसार उनले विश्वास जितेर त्यसरी नै ७० जना भन्दा बढीलाई ठगेका थिए। पैसा लिएर फरार भएको भन्दै उनीविरूद्ध प्रहरीकोमा उजुरी परेको थियो ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाईएको महाशाखाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय