
मलेसियाको केलाङबाट युवती हत्या अभियोगमा पक्राउ परेका व्यक्ति धनकुटा मुगा ६ का गणेश बहादुर कार्की रहेको खुलेको छ। मलेसियाको सेलेङरस्थित केलाङमा ति युवाको छुरा प्रहारबाट बुधबार दिउसो एक नेपाली मुलकी युवतीको हत्या भएको थियो । भारतको सिक्किम घर भइ नेपाली राहादानी बाहक आइतमाया मगरको हत्या भएको हो । मगर स्थानिय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन ।
सामान्य विवादका क्रममा ग्राहक बनेर आएका ती युवाले युवतीमाथी छुरा प्रहार गरेको त्यहाँबाट पत्रकार तिलोचन गौतमले जानकारी दिएका छ्न । छुरा प्रहार गरेपछी ती युवा माथी रेष्टुरेन्टमा आएका ग्राहकले कुटपिट गरेका थिए । हत्याको अभियोगमा पक्राउ परेका ति युवा युवा प्रहरी नियन्त्रणमा छ्न भने मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । हत्याको कारण खुलेको छैन ।
हत्या गर्नु पुर्व ती युवाले सोही रेष्टुरेन्टमा मदिरा सेवन गरेको बताइएको छ । उनी पनि हाल स्थानीय एक अस्पतालमा उपचाररत छन् ।
तस्वीरः मलाया खवरबाट साभार