कतारको रोजगारीमा सुरु गर्न खोजिएको सिण्डिकेटका बारेमा अनुसन्धान गरः संसदिय समिति

व्यवस्थापिका संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतारको रोजगारीमा नेपाली श्रमिक पठाउन सिमित व्यवसायीले सिण्डिकेट गर्न खोजेको विषयमा चासो देखाएको छ । समितिले नेपालबाट कतारमा नेपाली श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भएर सिण्डिकेट गर्न खोजेको विषयमा अनुसन्धान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको सोमवार बसेको बैठकले ति कम्पनीहरु संगठित भई एकाधिकार कायम गरेको निवेदन समितिमा परेको भन्दै सो सम्वन्धमा के भएको हो स्पष्टीकरण सोधी विस्तृत छानविन गर्न र अनुसन्धान गरी सत्यतथ्य विवरण सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समितिमा निवेदन दिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताएका छन ।

यसअगाडी कतारमा रोजगारीका लागि श्रमिक पठाउन १७ वटा म्यानपावर कम्पनीहरुको सूचि बनाइएको समाचार सार्वजनिक भएको थियो । यसमा नेपालस्थित कतारी दुतावास र कतार भिषा सेन्टरको नाम जोडिएको छ ।

मलेसियाको रोजगारी लामो समय रोकिएपछि नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य बनेको कतारमा पनि केहि व्यवसायीले सिण्डिकेट गर्न खोजेको भन्दै व्यवसायीहरु यसको विरुद्धमा उभिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय