मलेसिया ‘ईल्लिगल’ बस्नेहरु प्रति आक्रामक, नेपाली सहित ठूलो संख्यामा पक्राउ

अवैधानिक रुपमा बस्ने विदेशी श्रमिकको समस्या विगत लामो समययता खेपिरहेको मलेसिया त्यसरी बस्नेहरु प्रति आक्रामक देखिएको छ । पछिल्लो समयमा आफ्नै नागरिकलाई रोजगारीमा प्राथमिकतामा राखेको मलेसियाले कोरोना भाइरस (कोभिड–१९) को समस्या सुरु भएयता मात्र अवैधानिक रुपमा बस्दै आएका ३१ हजार भन्दा बढीलाई पक्राउ गरी स्वदेश फर्काएको छ ।

मलेसियाका रक्षामन्त्री ईस्मेल साब्री याकोबका अनुसार गत नोभेम्वर ५ सम्ममा स्वदेश फर्काइनेहरुको संख्या ३१ हजार २ सय ८२ रहेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यसरी स्वदेश फर्काइएकाहरु मधये ३ सय ९७ जना नेपाली रहेका छन् । स्वदेश फर्काइएकाहरुमा सवैभन्दा ठूलो संख्या ईण्डोनेशियाली नागरिकको रहेको छ । ईण्डोनेशियाका १४ हजार ७२ जना स्वदेश फर्काइएका हुन् ।

यसैगरी बंगलादेशका ४ हजार ५ सय ५१ जना रहेका छन् भनें त्यसपछि म्यानमार, थाईल्याण्ड, भारत, चीन, पाकिस्तान र भियतनामका नागरिक रहेका छन् । कागजातविहिन ति श्रमिकलाई पक्राउ गर्न विभिन्न सुरक्षा निकाय परिचालन भएको मन्त्री याकोबले बताएका छन् ।
फाइल तस्वीर

यो पनि पढ्नुहोस् अनिश्चित भयो मलेसियाको रोजगारी, सम्भवतः भ्याक्सिन पर्खिनुपर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय