‘उद्धार उडान’ बन्द गर्न सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना (कोभिड-१९) का कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले ‘उद्दार उडान’ बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । हालसम्म १ लाख ३६ हजार २ सय १६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले अव उद्दार उडान आवश्यक नपर्ने भन्दै बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्ण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले जानकारी दिए । कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ ।

यसैगरी सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय