
विभिन्न मुलुक स्थित नेपाली राजदूतावासहरुले श्रमिकको मागपत्र प्रमाणीकरण नगरेपछि आवश्यक समन्वय गरिदिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । नेपाली श्रमिकका लागि विभिन्न कम्पनीहरुले गर्ने मागपत्रलाई प्रमाणीकरण गर्ने व्यवस्थाका लागि समन्वय गरिदिन भन्दै श्रम मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले विदेशस्थित दूतावासहरुले हालसम्म पनि कुनै पनि मागपत्र प्रमाणीकरण नगरेको हुँदा रोजगारी दिने वातावरण बनाउन अनुरोध सहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले निवेदन दिएको उल्लेख छ । तसर्थ विदेशस्थित नेपाली राजदूतावासहरुसँग आवश्यक समन्वय गरिदिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको हो ।
विदेशमा नेपाली श्रमिकको माग अहिले पनि ठूलो रहेपनि दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा समस्या भएको र रोजगारीको अवसर गुम्न सक्ने व्यवसायीहरुले दावी गर्दै आएका छन् ।